काठमाण्डौ, २५ असार– नेकपाच माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ले असार १८ गते आफुले बोलेको विषय भावनात्मक भएको बताएका छन ।
आज (सोमबार) बसेको प्रतिनिधिसभाको बैठकमा स्पष्टीकरण दिँदै उनले आफूले त्यस दिन नबोलेको भएपनि हुने तर उक्त अभिव्यक्ति प्रधानमन्त्रीको हैसियतमा नभएर छोरी ज्ञानुको बुबाको हैसियतमा बोलेको बताएका छन ।
उनले भने,‘प्रधानमन्त्रीको हैसियतले मैले त्यो भाषा नबोल्नुपर्थ्यो । तर त्यो दिन म प्रधानमन्त्री भएर बोलिनँ’ ‘म ज्ञानुको बुवा भएर बोल्न पुगेँ । र त्यो सेन्टिमेन्ट सम्झँन पुगे ।
प्रितम सिंहको सदासयताका निम्ती धन्यवाद दिन पुगेँ । त्यति त हो कुरा ।’ उनले आफ्नो यति बोलीले आफूले हिजो राष्ट्रको पक्षमा गरेको योगदान वा अखण्डता तथा स्वाधिनताका लागि गरेको योगदान काटियो ? भन्दै प्रश्न समेत गरेका छन ।
उनले प्रश्न गरे ‘एउटै भावनात्मक अभिव्यक्तिले सिद्धियो त ?’, ।
