काठमाण्डौ, २५ असार– एमालेका सांसद गोकुल बाँस्कोटाले केरङगा झण्डा उचाल्ने कि चन्द्र सूर्य भएको झण्डा उठाउने हो संसदमा जवाफ दिन माग गरेका छन ।
आज सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन । उनले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्ति सार्वभौम संसद र नेपाली जनतामाथिको अपमान भएको, भारत भ्रमणका क्रममा लिपुलेकको बारेमा नबोलेको तथा कोशी प्रदेशको सरकार कु गरेको भन्दै यि विषयमा स्पस्ट पार्न आग्रह गरेका छन ।
उनले भने, ‘ त्यसकारण उहाँले प्रतिपक्षलाई मात्रै होइन, जनतालाई स्पष्ट पार्नुपर्छ’।
