काठमाडौं, २५ असार – कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्निी एवम् कांग्रेस सांसद डा. आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान भइरहेका बेला आफूलाई फसाउन खोजेको बताइकी छन् ।
सांसद डा. आरजुले उक्त अडियोको अनुसन्धान गर्न प्रहरीको साइबर ब्युरोमा माग गरेकी थिइन् । सांसद डा. आरजु नभई त्यो अडियोको आवाज सन्देश शर्माकै भएको प्रहरीले पुष्टि गरिसकेको छ ।
उक्त सार्वजनिक भएको अडियोमा सन्देशले डा. राणा र मञ्जु खाणलाई रकम बुझाएको बताएका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा सन्देश पुर्पक्षका लागि थुनामा छन् ।
सांसद डा. आरजुले उक्त अडियो नै बदनीयतपूर्ण रहेको भन्दै यस मुद्दामा जबर्जस्ती तान्न गरिएको षड्यन्त्र भइरहेको बताइन् । उनले भनिन्, ‘पहिले नै सो व्यक्तिले काठमाडौं जिल्ला अदालतमा दिएको बयानमा आफूले आरजुलाई नचिनेको र नचिनेका व्यक्तिलाई कसरी पैसा दिनु भनेको कुरा स्पष्टरूपमा बाहिर आइसकेकाले यो अडियो जसले बनाएको वा सामाजिक सञ्जालमा राखेको भए पनि मलाई विवादमा ल्याउनका लागि रचिएको हो, यसमा मेरो कुनै पनि संलग्नता छैन ।’
