काठमाडौ, २४ असार – फुटबल खेल्ने क्रममा घाइते भएकी झापाको एक बालिकाको मृत्यु भएको छ ।
झापा गाउँपालिका ७ निवासी बीरबहादुर थापा मगरकी १५ वर्षीय छोरी तमन्ना थापा मगरको मृत्यु भएको हो । केही समय अघि फुटबल खेल्ने क्रममा चोट लागेको थियो ।
उनी उपचारपछि निको भएपछि पोखरा पढ्न जाने तयारीमा रहेकी थिइन् । उनी घर आएपछि पुनः शौचालयमा लडेकी थिइन् । उनी पुनः शौचालयमा लडेपछि उनी सामान्य देखिएपनि उनलाई ज्वरो आएको थियो ।
उनलाई शुक्रबार उपचार गर्न लैजादै गर्दा राती २ बजे बाटैमा मृत्यु भएको थियो ।
