प्रधानमन्त्रीको अभिव्यक्ति र एमालेले राजीनामा माग्नु दुवै गलत: काँग्रेस

२४ असार २०८०, आईतवार १७:३०

काठमाण्डौ, २४ असार– काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति र एमालेले प्रधानमन्त्रीको राजीनामा माग्नु दुवै गल्ती भएको बताएबका छन ।

आज (आइतबार) संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महामन्त्री शर्माले यस्तो बताएका हुन । उनले प्रधानमन्त्री दाहाल प्रचण्डले सरदार प्रितम सिंहसँग सम्बन्धित अभिव्यक्ति दिएर कमजोरी गरेको बताएका छन ।

उनले प्रधानमन्त्रीले संसद, सांसदहरु र नागरिकको आत्मसम्मानमा असर पुर्यााउनेगरी बोल्न नमिल्ने बताएका छन । त्यस्तै प्रतिपक्ष एमालेले पनि प्रधानमन्त्रीको राजीनामा माग्नु बेठिक भएको पनि उनले बताएका छन ।

उनले स्थिर सरकारको परिकल्पना गरेर पाँचरपाँच महिनामा राजीनामा माग्नु गलत भएको बताएका छन । महामन्त्री शर्माले हरेक घटनामा प्रधानमन्त्रीले राजीनामा दिने हो भने कोरोना महामारीकको समयमा स्वास्थ्य सामग्रीमा भ्रष्टाचार हुँदा र संसद् विघटन गर्दा नै राजीनामा आउनुपर्ने भनि विगतको स्मरण गराएका छन ।

उनले भने, ‘बोल्ने अधिकार प्राप्त छ भन्दैमा संसदको, सांसदहरुको र नागरिकको पनि आत्मसम्मानलाई असर पुर्यासउनेगरी प्रधानमन्त्रीले त के सांसदले पनि बोल्न मिल्दैन ।

प्रधानमन्त्रीले अभिव्यक्ति दिँदै गर्दाखेरी कमजोरी भएकै हो । सार्वजनिक रुपमा प्रतिपक्ष दलले किन हामी सत्तारुढ पार्टीकै कयौँ सांसदले पनि प्रधानमन्त्रीबाट गल्ती भएको हामीले भनेकै हौँ ।

बोल्न हेक्का पुर्यामउने कुरा जसरी प्रधानमन्त्रीबाट भएन । त्यसरी नै माग्ने अधिकार छ भन्दैमा पाँच÷पाँच महिनामा प्रधानमन्त्री बदल्न मिल्ने गरी राजीनामा माग्ने काम पनि एमालेबाट बेठिक भएको हो ।’

त्यस्तै सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै काँग्रेसका सांसद रामहरी खतिवडाले प्रमुख प्रतिपक्षी दल एमालेले सत्तामा जान नपाएर छट्पटि देखाएको बताएका छन ।

उनले एमालले परिपक्व राजनीति नगरेको बताएका छन । उनले भने, ‘एमाले सत्तामा जान नपाएर छटपटिएको छ । कहिले जलहरी प्रकरणमा बुरुक्क उफ्रिन्छ, कहिले बजेटको प्रकरणमा बुरुक्क उफ्रिन्छ । फेरि यसो हेर्दै गयो आफ्नै नाम कता–कता मुछिन्छ । फेरि थचक्क बस्छ ।

अहिले पनि बुरुक्क उफ्रियो फेरि चिसो पानीले नुहाउने बेला भइसकेको छ । त्यसैले यो आक्रमण उहाँमाथिको भन्दा पनि अलि सह्य गरेर परिपक्व राजनीति नगर्दाको परिणाम हो ।’

यस्तै काँग्रेस सांसद राजन केसीले संसदलाई बन्द गर्नु जनताको मुख बन्द गर्नुभएको टिप्पणी गरे । सांसदलाई जुनसुकै कुरामा बन्द गर्नु एमालेको रणनीति नै भएको उनले बताएका छन ।