काठमाडौँ, २४ असार – अहिले देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिण तर्फ अवस्थित रहेको छ। जसको प्रभावले गर्दा देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज (आइतबार) दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।
यस्तै आज राति भने कोशी प्रदेश सहित देशका तराईका केही ठाउँहरुमा तथा बाँकी भू–भागका थोरै ठाउँहरूमा पनि हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका एक–दुई ठाउँमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
