अभिनेता राईले आफ्नो बारेमा नराम्रो लेखेर सामाजिक सञ्जालमा पोष्ट गरेको भन्दै जनाए आपत्ति, भन्छन् यस्तो..

२३ असार २०८०, शनिबार २१:३१

लोकप्रिय अभिनेता दयाहाङ राईले आफ्नो बारेमा नराम्रो लेखेर सामाजिक सञ्जालमा पोष्ट गरेको भन्दै आपत्ति जनाएका छन् ।

अभिनेता दयाहाङ राईले आज (शनिबार) सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेका छन् । अभिनेत्री आँचल शर्माले ‘दयाहाङ राईलाई त्यस्ले मात्र मन पराउँछ जो अशिक्षित र मूर्ख छ’ भन्दै अन्तर्वार्ता दिएको भन्दै सामाजिक सञ्जालमा राखिएको पोस्टमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।

आँचलले अहिलेसम्म मेरो बारेमा कतै पनि त्यस्तो बोलेको मैले सुनेको छैन । एउटा कलाकारले गर्दै नगरेको कुरा गर्यो भन्नु र बुझ्दै नबुझी गाली गर्नु दुवै चेतनशील मान्छेले गर्ने कर्म होइनन् ।

त्यसैले सत्य तथ्य नबुझी आँचल वा जोसुकै कलाकारलाई पनि गाली गलौज नगर्न र त्यस्ता भ्रमपूर्ण सामाग्रीहरू प्रसार नगर्नु हुन सबैमा आग्रह गर्दछु ।

कुनै पनि कलाकार वा व्यक्तिको बारेमा नगरेको कुरा गर्यो भन्नु र बुझ्दै नबुझी गाली गर्नु दुवै चेतनशील मान्छेले गर्ने कर्म नभएको उनले बताएका छन् । यस्तै उनले सत्य तथ्य नबुझी आँचल वा जोसुकै कलाकारलाई पनि गाली गलौज नगर्न र त्यस्ता भ्रमपूर्ण सामाग्रीहरू प्रसार नगर्न समेत उनले सबैमा आग्रह आग्रह गरेका छन् ।