सुख्खा पहिरो खस्दा मुग्लिन नारायणगढ सडक अवरुद्ध

२३ असार २०८०, शनिबार १८:२३

चितवन, २३ असार – मुग्लिन नारायणगढ सडक सुख्खा पहिरो खस्दा अवरुद्ध भएको छ ।

आज (शनिबार) दिउँसो ४ बजे काली खोला नजिकै सुख्खा पहिरो खस्दा उक्त सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको हो।

पहिरो हटाउनका लागि एक्साभेटर पहिरोस्थलतर्फ पठाएको र पहिरो पन्छाएर सडक खुलाउन केही समय लाग्ने सडक डिभिजन कार्यालय भरतपुरले बताएको छ । सडक अवरुद्ध हुँदा मुग्लिनतर्फ जाने र नारायणगढतर्फ आउने सवारी साधन जाममा परेका छन् ।