२ करोड रकम ठगी गरेको आरोपमा पक्राउ पर्ने यी व्यक्तिहरु को को हुन् त ?

२३ असार २०८०, शनिबार १२:५५

काठमाडौं, २२ असार – जग्गा पास गराइदिन्छु भन्दै २ करोड रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरी सा्रेतका अनुसार कानुन विपरीत रित नपुगेका कागजातहरु तयार गरी हक भोग नलाग्‍ने जग्गा पास गराइदिन्छु भन्दै २ करोड रकम ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको हो ।

रकम ठगी गरेको आरोपमा पक्राउ पर्नेहरु काठमाडौं महानगरपालिका २९ बस्‍ने ५२ वर्षीय प्रफुल्ल भन्‍ने प्रमोदराज पन्त र काठमाडौं महानगरपालिका २९ मै बस्‍ने अर्का २६ वर्षीय सोजेश मान मालाकार रहेका छन् ।

काठमाडौं अपराधन अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई छायाँ कम्प्लेसबाट पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीले बताए ।

पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ । उनीहरूले दिपेश रत्न शाक्य बुद्धाचार्यलाई अर्काको नाममा दर्ता श्रेष्ता कायम रहेको विभिन्‍न स्थानका जग्गाहरु कानुन विपरीत हक नपुग्‍ने भन्दै व्‍यक्तिको नाममा भएको छुट जग्गा दर्ता गरी कानुन विपरीतका कागजातहरु बनाई पटक–पटक गरी २ करोड ८८ लाख रुपैयाँ लिई सम्पकर्कविहीन भएको प्रहरीको आरोप छ ।