काठमाडौं, २२ असार – ललिता निवास प्रकरणमा पार्टी अध्यक्ष माधव कुमार नेपालको संलग्नता भए पनि नछोड्न नहुन नेकपा एकीकृत समाजवादीका नेता प्रेम आलेले बताएका छन्।
नेता आलेले आज (शुक्रबार) काठमाडौंमा दृश्यमा खप्तड विमोचन समारोहमा सञ्चारकर्मीसँग कुरा गर्दै आलेले ठूला ठूला भ्रष्टाचारको फाइल खोल्नुपर्ने भन्दै ललिता निवास प्रकरणमा आफ्नै पार्टीका अध्यक्षको संलग्नता भए पनि छोड्न नहुने उनले बताए।
उक्त प्रकरणमा धेरै व्यक्तिको नाम आएकाले निष्पक्ष छानविन गरी दोषी भए कारबाही गर्नुपर्ने नेता आलेले बताए। सरकारले भ्रष्टाचार नियन्त्रणमा सरकारको कदम निकै राम्रो भए पनि सरकारले जनतालाई दिने सेवामा ढिलासुस्ती भइरहेको समेत उनले जिकिर गरे।
उनले सरकारले कामकारबाहीमा सुधार नआए पार्टीले सोच्नुपर्ने बेलासमेत आउनसक्ने बताए। पूर्वपर्यटनमन्त्रीसमेत रहेका आलेले राज्यको सम्पती दोहन नहोस भनेर आफूले पशुपति जग्गाको विषयमा आवाज उठाएको बताए।
