अब राति पनि चिडियाखाना हेर्न पाईने

१४ पुष २०७४, शुक्रबार ०४:२६

पुस १४, काठमाडौं । सामान्यतया चिडियाखानाका जीवजन्तु बिहान, दिउँसो र अपराह्न आफ्नो समय अनुकुल अवलोकन गर्ने गरिन्छ । रात्रिकालीन अवलोकनको
अवसर भने दुर्लभ मानिन्छ ।

यस्तै अवसर मुलुकै सदर चिडियाखानाले प्रदान गरिरहेको छ । साँझ परेपछि चिडियाखानाका जीवजन्तु र तीनका आनीबानी नजिकबाट नियाल्न सकिन्छ । चिडियाखानाका प्राविधिकले रातको समयमा सक्रिया हुने ‘रात्रीचरजीव’ लक्षित नाईट गाइडेड टुर’ को सेवा दिँदै आएका छन् ।   ‘सबै जीवजन्तु दिउँसो मात्रै सक्रिय हुँदैनन्, राति हुने, खेल्ने र आहारा खाने पनि धेरै छन् ।’ –चिडियाखानाका आयोजना व्यवस्थापक डा. चिरञ्जीविप्रसाद पोखरेलले भने । कुल १ सय २० रोपनी क्षेत्रफलमा फैलिएको चिडियाखानामा हाल विभिन्न १ सय १४ प्रजातिका जीवजन्तु प्रर्दशनीमा राखिएका छन् । तीमध्ये विभिन्न १८ प्रजातिका निशाचर जन्तु छन् ।

पाटे बाघ, गैंडा, जलगैंडा, स्याल, हिमाली भालु, काठेभालु, चितुवा, हिमाली नील बिरालो, चारीबाघ, ठूलो नील बिरालो, बन बिरालो, ध्वाँसो नील बिरालो, दुम्सी जस्ता जनतु चिडियाखानाका रात्रिचर स्तनधारी जीव हुन् । हाप्सिलो लाटोकोसेृरो र मलाह हुचिल पनि रातमा सक्रिया रहने चिडियाखानाभित्रका पन्छी हुन् । अंग्रेजी महिनाको नोभेम्बर १५ देखि जनवरी १५ तारिखसम्म (करिब २ महिना) चिडियाखानाले ‘रात्रिचर जीव’ नियाल्न सकिने अवलोकनको प्राथमिकता भने विद्यालय तहमा अध्ययनरत चिडियाखानाका मित अर्थात् ‘फ्रण्ड्स अफ जु’ का सदस्यलाई प्रदान गरिएको पोखरेलले जानकारी दिए । काठमाडौं उपत्यकाका करिब ५ सय विद्यालयका ८० हजारभन्दा बढी विद्यार्थी ‘फ्रेण्डस् अफ जु’का सदस्य बनेका छन् । रात्रीकालीन अवलोकन कार्यक्रम पुरानै भए पनि केही वर्षयता विद्यार्थीको आकर्षण झनै बढेको पोखरेलले बताए ।

 

दिउँसो देख्न मुस्किल हुने स्तनधारी जीव‘उड्ने लोखर्के’ (कोइरालो) रात्रिकालीन अवलोकनको विशेष आकर्षण हो । प्राकृतिक बासस्थानमा यो जन्तुले पंक्षी उडे जसरी २ सय ५० फिट हाराहारीको दरी ‘ग्लाइडि’ गर्न सक्ने विज्ञहरु बताउँछन् । सो जन्तु २ महिनाअघि चिडियाखानाका वरिष्ठ भेट प्राविधिक राधाकृष्ण घर्तिले ललितपुरको गोदावरीबाट उद्धार गरेर जावलाखेल ल्याएका थिए ।  प्राविधिक जनशक्तिको अभाव र सुरक्षा जस्ता कारणले रात्रीकालीन जीवजनतु अवलोकन सुविध तत्काल आम सर्वसाधारणका लागि भने खुल्ला गर्न नसकिने त्यहाँका सहायक क्युरेटर गणेश कोइरालाले बताए । ‘त्यसै पनि निशाचर जीवको स.खया न्यून छ, हामी प्राविधिक पनि थोरै छौं, सरक्षा र अन्य प्रशासनिक कारणले तत्काल सर्वसाधारणलाई यस्तो सुविधा उपलब्ध गरउन असमर्थ छौं ।’– नेपाल समाचारपत्र दैनिक