एलओडीका अर्का सञ्चालक रुदिल बल्ल श्रेष्ठ पनि पक्राउ

२२ असार २०८०, शुक्रबार ११:१८

काठमाडौं, २२ असार – काठमाडौं ठमेलस्थित नाइट क्लब एलओडी (लर्ड अफ ड्रिंक्स) का अर्का सञ्चालक रुदिल बल्ल श्रेष्ठ पनि उमेर नपुगेका व्यक्तिलाई क्लबमा प्रवेश गराएको आरोपमा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शिद्धिबिक्रम शाहका अनुसार एलओडीमा गएकी एक १६ वर्षकी बालिका बलात्कृत भएको घटना सार्वजनिक भएपछि सञ्चालक श्रेष्ठलाई आज (शुक्रबार) बिहान कुपण्डोलबाट पक्राउ गरेको हो।

यस्तै अर्का सञ्चालक राजु सिंह सुवाललाई यही मुद्दामा प्रहरीले यसअघि नै पक्राउ गरिसकेको थियो । ललितपुरका प्रहरी प्रमुख एसएसपी शाहका अनुसार उमेर नपुगेका व्यक्ति क्लबमा प्रवेश गराएको विषयमा अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको हो।