ग्रेड वृद्धि परीक्षा साउन अन्तिममा हुने

२१ असार २०८०, बिहीबार १६:४६

काठमाण्डौ,२१ असार– माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि परीक्षा साउन अन्तिममा हुनेभएको छ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष २०७९को एसईईको ग्रेड वृद्धि परीक्षामा साउनको अन्तिममा गर्ने जानकारी दिएको छ ।

बोर्डले आज एसईईको नतिजा सार्वजनिक गरे सँगै उक्त परीक्षामा ग्रेड ‘सी’ देखि ‘इ’ ग्रेडसम्म नतिजा ल्याउने विद्यार्थीले ग्रेड वृद्धि परीक्षा दिन पाउने बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिएका छन ।

त्यसका लागि अहिले नै निर्णय नभइसकेको र केही दिनमा सूचना जारी गरिने उनले बताएका छन । यो वर्षको एसईईमा १३ हजार ९९२ विद्यार्थीले नन ग्रेड ९एनजी० अङ्क ल्याएका छन् ।

त्यस्तै २ हजार २०० जान विद्यार्थीको ‘इ’ ग्रेड आएको छ । त्यस्तै ३८ हजार ७७० जनाले डी प्लस जीपीए ल्याएका छन् । त्यस्तै ‘डी’ र ‘सी’ सम्म ग्रेड ल्याउने विद्यार्थीले ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन् ।

इ र डी ले अनिवार्य रूपमा ग्रेड वृद्धि परीक्षा दिनुपर्छ । तर, डी प्लस र सी ले भने ग्रेड वृद्धि गर्न चाहेको खण्डमा मात्र परीक्षा दिनुपर्छ । त्यसका लागि अनिवार्य गरिएको छैन ।