काठमाण्डौ,२१ असार– खेलकुद परिवर्तनको माध्यम हो र यसले व्यक्तिको सक्रियतामा परिवर्तन ल्याउँछ र उनीहरूको स्वास्थ्य र मानसिकतामा सुधार गर्छ ।
यही उद्देश्यका साथ काठमाण्डौं थराइभ्स क्लबले आफ्नो इन्डोर सिजन १ को फाइनल सिरिज यही शनिबार (जुलाई ८) ग्रेट हिमालयन क्रिसल, हात्तीवनमा आयोजना गर्ने भएको छ ।यस सिरिजमा काठमाडौं राइजर्स र ललितपुर च्यालेन्जर्सबीच ५ खेल हुने भएको छ ।
यो शृङ्खलामा राष्ट्रिय तथा प्रदेश स्तरका खेलाडीको सहभागि हुने भएका छन । यो ५ खेल प्रत्येक खेलमा १२ ओभरको ढाँचामा खेलाइनेछ। सिरिजको उत्कृष्ट खेलाडीले ग्रेट हिमालयन क्रिकेट एकेडेमीमा १ महिनाको निस्शुल्क प्रशिक्षण छात्रवृत्ति पाउनेछन् भने उत्कृष्ट बलर र ब्याट्सम्यानले ग्रेट हिमालयन क्रिकेट एकेडेमीमा एक महिनाको लागि ५० प्रतिशत छात्रवृत्ति पाउनेछन् । सबै ५ खेलका म्यान अफ द म्याचले घुमन्टे क्याफे नयाँ बानेश्वरबाट प्रत्येक भाउचर पाउनेछन् ।
अन्ततः सिरिजका उदीयमान खेलाडीले लेकसाइड पोखरामा एक रात निस्शुल्क बस्न पाउने छन् । समाजमा रहेका गरिबीको रेखामुनि रहेका मानिसहरूलाई सहयोग गर्ने विचारका साथ गिनिज पोखरेलको विचारमा यो क्लब स्थापना भएको हो ।
आर्यन शाह, आदिल खान (ताज), अशोक पौडेल, सुमन हुमागाईंको समन्वयमा यो सामाजिक क्लबको स्थापना भएको हो । गिनिज पोखरेललाई श्री केपी खनाल (सामाजिक क्लब, मैनादेवी फाउन्डेसनका संस्थापक) को कामबाट प्रेरित भएको थियो, जसले उनलाई क्रिकेट क्षेत्रमा पनि सामाजिक काम गर्ने विचार सिर्जना गर्न मद्दत गर्योक, त्यसैले उनले यो क्लब स्थापना गरे।
यस क्लबले अहिलेसम्म ३ जनालाई छात्रवृत्ति उपलब्ध गराएको छ र अरुलाई पनि सहयोग गर्ने काम गरिरहेको छ । उनीहरु भन्छन्, ‘क्रिकेट क्षेत्रको पनि विकास गर्न त्यस्ता क्षेत्रमा काम गर्न अरुसँग पनि समन्वय गर्ने अपेक्षा राखेका छौं ।
आयो खबर अहिले यस क्लबलाई समन्वय र सहयोग गर्ने योजनामा रहेको छ । प्रत्येक टोलीका खेलाडीहरूको सूची
१.काठमाडौं राइजर्सः आर्यन शाह (कप्तान), गिनिज पोखरेल (उपकप्तान), दीपक महतो केवट, आदिल खान, ट्राभिस जोशी, धर्मेन्द्र यादव, अर्जन सिम्खडा, सुबिन हाडा, अभियान शाही ठकुरी, पिन्टु अधिकारी र सक्षम बस्त
२.ललितपुर च्यालेन्जर्सः सुमन हुमागाई (कप्तान), मिलन क्षेत्री (उपकप्तान), धिरज कार्की, विजय पुरी, नवीन रावल, प्रशान्त पुर्वे, नरेश पन्त, सुजल गिरी, रमेश ठाकुर, उत्कृष्ट खनाल, किरण मगर।
