चर्चित नाइट क्लब एलओडीका साहुविरुद्ध पक्राउ पुर्जी जारी

२१ असार २०८०, बिहीबार १२:१५

काठमाण्डौ,२१ असार– ठमेलमा रहेको चर्चित नाइट क्लब एलओडीका साहुविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। एलओडीका साहुहरु रुदिलबल्लव श्रेष्ठ र राजुसिंह सुवालविरुद्ध ललितपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो।

केही दिनअघि उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको ललितपुर प्रहरी परिसर स्रोतले जानकारी दिएको छ । ललितपुर प्रहरी परिसर स्रोतले भन्यो, ‘कम्पनी रजिष्स्ट्रार कार्यालयमा रहेको कम्पनीको प्रबन्ध पत्रमा रुदिलवल्लव श्रेष्ठ र राजुसिंह सुवाल मात्र सञ्चालक देखिन्छ। त्यसैले उनीहरुविरुद्ध पक्राउ पुर्जी लिइएको हो’ ।

प्रहरीले उनीहरुको खोजी गरिरहेको छ। एलओडीमा छिरेकी १६ वर्षीया बालिका गत जेठ ३१ गते सानेपामा बलात्कृत भएको पाइएपछि प्रहरीले एलओडीका सञ्चालकलाई पनि कारबाहीको दायरामा ल्याएको छ ।