ढल व्यवस्थापनको वैज्ञानिक विधि अपनाउन जरुरी: सांसद पौडेल

२० असार २०८०, बुधबार १७:१२

काठमाण्डौ, २० असार– कांग्रेस सांसद प्रदीप पौडेलले ढलको व्यवस्थापन नभएसम्म काठमाडौँ उपत्यकाका नदीहरू सफा बन्न नसक्ने दाबी गरेका छन ।

आज (बुधवार) सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद पौडेयले यस्तो बताएका हुन । उनले काठमाडौँका नदीहरू ढल बगाउने नदी बनिरहेकोप्रति दुःख व्यक्त गरेका छन ।

उनले नदीका दुवैतर्फ करिडोर बनाएर ढलको व्यवस्थापन गर्नुपर्ने बताएका छन । उनले ढल व्यवस्थापनको उचित र वैज्ञानिक विधि अपनाउन जरुरी रहेको पनि बताएका छन ।

सांसद पौडेलले काठमाडौँ उपत्यकाका नदीहरुलाई सफा बनाउनु जरुरी भइसकेको बताएका छन ।