नेपाली काँग्रेस कार्यसम्पादन समितिको बैठक आज

१४ पुष २०७४, शुक्रबार ०२:१९

पुस १४, ललितपुर। नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । प्रदेश सभाको समानुपातिकतर्फको उम्मेदवारहरूको नामावलीको टुङ्गो लागउनका लागि बैठक डाकिएको नेपाली काँग्रेस केन्द्रीय सचिवालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

latest news from kathmandu nepal, breaking news kathmandu nepal, news from aayokhabar

काँग्रेसले प्रदेश सभाका लागि ७२ जनाको समानुपातिकको नामावलीको टुङ्गो लगाउनुपर्नेछ । निर्वाचन आयोगले शुक्रबार कार्यालय समयभित्रै नामावली आयोगमा बुझाउन दलहरूलाई पत्राचार गरेको छ ।
त्यसबाहेक बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे पनि छलफल गरिने कार्यसूची रहेको छ । निर्वाचनको परिणामका विषयलाई लिएर पार्टीको बैठक बोलाउन नेपाली काँग्रेसका केही केन्द्रीय सदस्यले माग गर्दै आएका छन् ।
कार्यसम्पादन समितिको बैठकपछि केन्द्रीय समितिको बैठकको मिति तोकिने सचिवालयले जनाएको छ । –रासस