७५० भन्दा बढी विभिन्न दलका नेता तथा कार्यकर्ता एमाले प्रवेश

२० असार २०८०, बुधबार १६:२७

धनुषा, २० असार – सत्ता गठबन्धन दललगायतका पार्टी परित्याग गरी सात सय ५० जना नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

एमाले निर्वाचन क्षेत्र नं. २ धनुषाले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्र, नेपाली कांग्रेस, एकीकृत समाजवादी पार्टी, राप्रपा लगायतका पार्टीबाट सात सय ५० जना नेता तथा कार्यकर्ता एमाले प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेमा माओवादीबाट निर्वाचित वडाध्यक्ष समेत रहेका छन्।
यस्तै एमाले प्रवेश गर्नेहरुमा तत्कालीन नेकपा माओवादी (केन्द्र)का नगर अध्यक्ष एवम् वडा न. ८ का वडा अध्यक्ष तनुकलाल कुसैयत यादब, बामपंथी नेता बैधनाथ मण्डल, जग्गननाथ मण्डल, धर्मनाथ यादव, रामखेलाउन मण्डल, जिबछ मण्डल, महेन्द्र यादब, राजकुमार दास, भोला पासवान, डोमा महरा, हरी खत्बे मण्डल, गुरुदयाल यादब राजकुमार ठाकुर, रामचन्द्र ठाकुर लगायतका सयौं नेता तथा कार्यकर्ताहरु रहेका छन् ।

नेपाली काङ्ग्रेस बाट नन्दकिशोर यादव,सुरेन्द्र यादव, मुमेश्वर यादव, ढोकन राई, धनिकलाल कुसैत, वडा नं.९ गोईठकोयलपुरबाट दिलिप भरखेर,बिजय कुमार सुनरैत,उपेन्द्र यादव, रिषी सिंह, राजाराम बरही, अजय श्रीबास्तबलगायतका सयौं नेता तथा कार्यकर्ताहरु एमाले प्रवेश गरेका हुन् । यस्तै राप्रपा परित्याग गरि शम्भु गोहिबार, एकीकृत समाजवादी परित्याग गरि उपेन्द्र लखनदैई लगायत ७५० जना पार्टी प्रवेश गरेका छन् ।

एमाले प्रवेश गर्नेहरुमा सहिदनगर नगरपालिकाको वार्ड नं. ८ नाथपट्टीमा आयोजित बृहत पार्टी प्रबेश कार्यक्रममा नवप्रवेशीलाई एमालेपोलिटब्युरो सदस्य एवम धनुषा जिल्ला ईन्चार्ज लिलानाथ श्रेष्ठको प्रमुख अतिथ्यमा सम्पन्न पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएको छ । यस्तै कार्यक्रममा बिशिष्ठ अतिथीको रुपमा एमाले केन्द्रीय सदस्य एवं पर्वमन्त्री उमाशन्कर अरगरीया, केन्द्रीय सदस् सन्जिब झा रहेका थिए । अथितीको रुपमा जिल्ला अध्यक्ष राजकिशोर यादब, प्रदेश कमिटी सदस्य द्वय गोपाल मुखिया, उमाशन्कर साह, जिल्ला उपसचिव तारा लामा लगायतले अबिर टीका लगाई नव प्रबेशीहरुलाई पार्टी प्रबेश गराईएको केन्द्रीय सदस्य सञ्जिव झाले जानकारी दिए।

पछिल्लो समय गठबन्धन दलका नेतृत्वले देश र जनताको हितमा भन्दा पनि छिमेकी देश भारत र आफ्नो स्वार्थको लागि मात्र काम गरेकाले पार्टी परित्याग गरी एमाले प्रवेश गरेको नवप्रवेशीले बताएका छन् । तराईको मात्र नभई समग्र देशको विकास र समृद्धिको नेतृत्व गर्न एमालेको विकल्प नभएको उल्लेख गर्दै नवप्रवेशीहरुले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधिनताको रक्षाको लागि सम्पूर्ण देशवासी नागरिकले एमाले नै रोज्नुपर्ने धारणा राखेका थिए ।