जेनरेटरमा आगलागी भएपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित

२० असार २०८०, बुधबार १४:२५

काठमाण्डौ, २० असार– जेनरेटरमा आगलागी भएपछि लुम्बिनी प्रदेशसभा बैठक १० मिनेटका लागि स्थगित गरीएको छ । प्रदेशसभा भवनमा रहेको जेनरेटरमा आगलागी भएपछि दश मिनेटका लागि बैठक स्थगित गरीएको हो ।

दोस्रो अधिवेशनको १७ औँ बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विशेष सम्बोधन गरेपछि प्रमुख विपक्षी दलका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले बोल्दै गर्दा लाइन काटिएको थियो ।

जेनरेटरमा आगो लागेर विद्युत् आपूर्ति बन्द भएपछि प्रदेशसभामा अँध्यारो भएको थियो ।सभामुख तुलाराम घर्ती मगरले जेनरेटरमा आगलागी भएको जानकारी दिँदै दश मिनेटका लागि बैठक स्थगित भएको जानकारी दिएका छन ।