काठमाण्डौ, २० असार– आज (बुधबार) एमालेको संसदीय दलको बैठक बस्दै छ ।
आज दिउँसो साढे १ बजे बस्ने बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विवादास्पद अभिव्यक्तिमाथि छलफल हुने एमाले सचेतक महेश बर्तौलाले जानकारी दिएका छन ।
मंगलबार प्रधानमन्त्री प्रचण्डले एक कार्यक्रममा व्यवसायी प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउनका लागि दिल्ली गएको अभिव्यक्ति दिएका थिए । उनको सो भनाई हाल विवादमा परेको छ ।
