गुडिरहेको ट्रकमा करेन्ट लाग्दा एकजनाको मृत्यु

१९ असार २०८०, मंगलवार १४:३४

सर्लाही, १९ असार– सर्लाहीमा गुडिरहेको ट्रकमा करेन्ट लाग्दा एकजनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा रौतहटको विश्रामपुर गाउँपालिका २ का २४ वर्षीय सञ्जय मुखिया रहेका छन ।

यस्तै ट्रकमा करेन्ट लाग्दा ट्रक चालक गम्भीर घाइते भएका छन ।ट्रकका चालक बाराको निजगढ नगरपालिका ६ का ५२ वर्षीय प्रेमबहादुर राउत गम्भीर घाइते भएको प्रहरीले बताएको छ ।

हिजो सोमबार दिउँसो चन्द्रनगर गाउँपालिका ७ मा भुँसा लोड गरि गुडिरहेको ना४ख ६९७६ नम्बरको ट्रकमा माथि रहेको बिजुलीको तार छुँदा करेन्ट लागेको थियो ।

मजदुर मुखियाको घटनास्थलमै मृत्यु भएको सर्लाही प्रहरीले जानकारी दिएको छ ।उनको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।