निर्वाचन आयोगको निर्णय: समानुपातिक सांसद दुई पटक मात्र हुन पाइने

१८ असार २०८०, सोमबार १७:२२

काठमाण्डौ, १८ असार– आज सोमबार बसेको निर्वाचन आयोगको बैठकले समानुपातिक सांसद दुई पटकभन्दा बढी हुन नपाउने कानुनी व्यवस्था गर्नुपर्ने निर्णय गरेको छ ।

आज बसेको बैठकले निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा पास गरेको छ, जसमा कुनै समानुपातिक निर्वाचन प्रणालीबाट दुई पटक सांसद भइसकेको व्यक्ति फेरि समानुपातिकमै उम्मेदवार हुन नपाउने भएका छन । हाल यस्तो कुनै समयसीमा छैन ।