राष्ट्रियसभामा विनियोजन विधेयकअन्तर्गत मन्त्रालयगत शीर्षकमाथि छलफल

१८ असार २०८०, सोमबार १४:२९

काठमाण्डौ, १८ असार– प्रतिनिधिसभाबाट पारित भएको विनियोजन विधेयक, २०८० माथि राष्ट्रियसभामा छलफल सुरु भएको छ ।

आज (सोमबार) बसेको राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षकमध्ये वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सहरी विकास मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको बजेटमाथि छलफल गर्ने सम्भावित कार्यसूची रहेको छ ।

यी मन्त्रालयलाई आगामी आर्थिक वर्ष २०८०–८१ का लागि विनियोजित बजेटमा सांसदहरु इन्दिरादेवी गौतम, भगवती न्यौपाने, सोनाम गेल्जेन शेर्पा, सुमित्रा बिसी र नरपति लुवारले खर्च कटौतीका प्रस्ताव पेस गरेका छन् ।

आजको बैठकमा सांसदहरूले दलितमाथि हुने विभेदको विषय उठाएका छन् । दाङको तुलसीपुरमा दलित विद्यार्थीको जात थाहा पाएपछि घरबेटीले घर निकाला गरेको विषय राष्ट्रियसभामा उठेपछि यसबारे छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिइएको छ ।