जङ्गली हात्तीले कुल्चेर वृद्धाको मृत्यु

१८ असार २०८०, सोमबार १३:४२

झापा, १८ असार– झापाको मेचीनगर नगरपालिका–१० मा आज बिहान जङ्गली हात्तीले कुल्चेर वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८० वर्षीया पन्नादेवी साह रहेका छन ।

पूजा गर्न फूल टिप्न हिँड्ने क्रममा आज बिहान साहलाई सडकमा हात्तीले कुल्चेर मारेको मेचीनगर नगरपालिका –१० का वडाध्यक्ष नारायण खनालले जानकारी दिएका छन ।

सिलगुढी निवासी उनी एक वर्षअघिदेखि छोरीको घरमा बस्दै आएका थिए । झापामा छ दिनअघि मात्र जङ्गली च्याउ टिप्ने क्रममा हल्दिबारी गाउँपालिका–२ मा ५३ वर्षीय गिरेन कर्मकारलाई जङ्गली हात्तीले किल्चेर मारेको थियो ।

चालु आर्थिक वर्षमा मात्र जिल्लामा हात्तीको आक्रमणबाट आठ जनाको ज्यान गएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिएका छन ।