काठमाण्डौ, १८ असार– उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अधेरीस्थित सडकमा अटो अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चालक त्रियुगा नगरपालिका९१२ बस्ने १८ वर्षीय मोहमत रूस्तम रहेको प्रहरीले बताएको छ । नेपालटारबाट गाईघाटतर्फ जाँदै गरेको स.१ ह ३६२२ नम्बरको अटो अनियन्त्रित भई दुर्घटना हुँदा रूस्तमको मृत्यु भएको प्रहरीले बताएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटोमा सवार अन्य १ जनाको विराटनगर नर्सिङ होममा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।
