काठमाण्डौ, १७ असार– यूएईविरुद्धको खेलमा स्पिनर सन्दीप लामिछानेले नेपालका लागि तेस्रो विकेट लिएका छन । उनले १० रन बनाएका रमिद शहजादलाई एल्बीडब्लूको धरापमा पारेका छन ।
खेलमा उनको यो दोस्रो विकेट हो । यसअघि उनले २८ रन बनाएका आर्यान्स शर्मालाई पनि आउट गराएका थिए । यूएईले ३ विकेटको क्षतिमा ८५ रन बनाएको छ ।
