मिटरब्याजी प्रकरणमा राजनीतिक दलका ठुला नेता संलग्न छन्: पदम गिरी

१७ असार २०८०, आईतवार १३:५०

काठमाण्डौ, १७ असार– एमालेका प्रमुख सचेतक पदम गिरीले मिटरब्याजी प्रकरणमा राजनीतिक दलका ठुला नेता र प्रहरीका उच्च अधिकारीहरूको संलग्नता रहेको बताएका छन ।

आज (आइतबार) बसेको प्रतिनिधि सभा बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० को सम्बन्धमा छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन ।

उनले मिटरब्याजीको संरक्षक राजनीतिक दलका ठुला नेताहरू भएको बताएका छन । उनले सो प्रकरणमा राष्ट्रसेवक कर्मचारी र प्रहरीका उच्च पदस्थ कर्मचारीहरू संलग्न रहेका पनि बताएका छन ।

मिटरब्याजको विरुद्धमा राम्रो ऐन बन्नुपर्ने र पीडितलाई न्याय दिन सक्नुपर्ने उनले बताएका छन । उनले प्रतिनिधि सभामा आएको केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० मिटरब्याजी पीडितलाई न्याय दिनका लागि नभई झुक्क्याउनका लागि ल्याएको बताएका छन ।