पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारलाई पक्राउ

१५ असार २०८०, शुक्रबार १७:४९

काठमाण्डौ, १५ असार– प्रहरीले पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारलाई पक्राउ गरेको छ । रौनियारलाई बानेश्वर क्षेत्रबाट पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका एआईजी श्यामलाल ज्ञवालीले जानकारी दिएका छन ।

पूर्वसांसद रौनियारलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय बाँकेले काठमाण्डौँमा पत्राचार गरेको थियो । बाँकेमा दर्ता भएको मुद्दामा उनलाई पक्राउ गरिएको एआईजी ज्ञवालीले जानकारी दिएका छन । बाँकेमा रौनियारविरुद्ध ठगी मुद्दा दर्ता भएको छ ।