काठमाण्डौ, १५ असार– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफू अहिले पनि सर्वपक्षीय सरकार बनाउने प्रयासमा रहेको बताएका छन ।
आज विश्वासको मत लिने आफ्नो प्रस्तावमाथि बिहीबार प्रदेशसभामा भएको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन ।
उनले आफ्नो प्रयासले सार्थकता पायो कि पाएन भन्ने परिणामले देखाउने बताएका छन । बिहीबार मात्र पनि आफूले आफ्नो पार्टीसँगै अरु पार्टीको नेतृत्वसँग परामर्श गरेको भन्दै उनले अघि भने, ‘अहिले पनि म सर्वपक्षीय सरकार गठनको पक्षमा छु ।’
एमाले संसदीय दलका नेता समेत रहेका कार्कीले सर्वपक्षीय सरकार बनाउँदा कम अवसर आफ्नै दलले पाउने भएपनि त्यसका लागि तयार रहेको बताएका छन । तर सबै मिलेर ढोका थुनेर कुट्ने हो भने निकास ननिस्कने उनको चेतावनी छ ।
