कपिलवस्तुमा यात्रु बस दुर्घटना हुँदा ६ जना घाइते

१५ असार २०८०, शुक्रबार ११:५२

कपिलवस्तु, १६ असार– कपिलवस्तुमा यात्रु बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । बझाङबाट काठमाडौं आउँदै ना ६ ख १३३९ नम्बरको बस आज बिहान पाँच बजे शिवराज नगरपालिका–३ देउराली मोडमा दुर्घटना भएको प्रहरीले बताएको छ ।

घाइतेहरुको चन्द्रौटास्थित सन्जिवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता एवम् डिएसपी निमबहादुर घलेले जानकारी दिएका छन ।

घाइते हुनेमा २ जान महिला र ४ जना पुरुष रहेको डिएसपी घलेले जानकारी दिएका छन । उनका अनुसार बसमा ४० जना यात्रुहरु थिए ।