चितवन, १५ असार– नारायणगढ–मुग्लिन सडकखण्डमा झरेको पहिरो १९ घण्टासम्म पनी पन्छाउन नसक्दा सडक अवरुद्ध भई यात्रुहरुको विचल्ली भएको छ ।
मुग्लिनबाट २ किलोमिटर नारायणगढतर्फ लगातार पहिरो झर्दा सडक खुलाउन नसकिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए ।
अहिले पहिरो खस्न केही कम भएकाले पन्छाउन सुरु गरिएको छ । तर पहिरो कतिबेला पन्छाई सकिन्छ भनेर एकिन नभएको प्रहरीको भनाइ छ ।
विहीबार दिउँसो साढे १ बजेदेखि पहिरो झरेर सो ठाउँमा सडक अवरुद्ध छ । पहिरो भएको ठाउँमा खटिएका पण्डितका अनुसार ठाडो भिर भएकाले माथिबाट कहिले सानो त कहिले ठूलो पहिरो झरिरहेको बताए ।
