काठमाडौबाट लाहौर गए ज्याक मा

१४ असार २०८०, बिहीबार १४:४४


काठमाण्डौ १४ असार– चिनियाँ धनाढ्य ज्याक मा नेपालबाट लागेका छन् ।

उनी चढेर आएको बोइङ जहाज बिहीबार अपरान्ह पाकिस्तानको लाहौरका लागी उडेको त्रिभुवन विमानस्थलले जनाएको छ ।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार सवा ११ मा उनी जहाजबाट गएका थिए ।

ज्याक मा नेपालमा मंगलबार आएका थिए । नेपाल बसाइका दौरान उनी भक्तपुर दरबार स्क्वायर र स्वयम्भुको भ्रमणमा समेत पुगेका थिए । उनी नेपाल आउनुको कारण भने खुलेको छैन ।