रवि लामिछानेलाई राहत, रिट निवेदन खारेज

१३ असार २०८०, बुधबार १८:०१

काठमाण्डौ, १३ असार– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लामिछानेले संवैधानिक इजलासबाट राहत प्रप्त गरेका छन ।

उनको सांसद पद खारेजीको मागदाबीसहित परेको मुद्दालाई बुधबार संवैधानिक इजलासले खारेज गरिदिएको हो ।युवराज सफल पौडेलले गत जेठ १० गते निर्वाचन आयोगसहितलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका थिए ।

राहदानी दुरुपयोग लगायतका विषय उठाउँदै रिट निवेदनमा रवि लामिछाने सांसद बन्न अयोग्य रहेको बताएका थिए ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत र सपना प्रधान मल्लसहितको संवैधानिक इजलासले उक्त रिट निवेदन खारेज हुने ठहर गरेको हो ।