काठमाण्डौ, १३ असार– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारमाथि संसद्को विश्वास घटेको बताएका छन ।
आज (बुधवार) प्रतिनिधिसभामा मत विभाजनमार्फत बजेट पास भएपछि संसद् भवन परिसरमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले यस्तो बताएका हुन ।
उनले ९९ प्रतिशत समर्थन रहेको सरकारको समर्थन घटेर ५३ मा पुगेको बताएका छन । उनले भने, ‘यो सरकारमाथिको विश्वासमा पहिले ९९.९९ प्रतिशत थियो ।
अहिले ५३ प्रतिशतमा घट्यो’, । प्रतिनिधिसभाको बैठकमा एमालेले विनियोजन विधेयकमाथि मतदान हुँदा पक्षमा १ सय ४७ र विपक्षीमा १ सय ८ मत परेको थियो ।
