कर्णाली प्रदेशमा एमालेद्वारा संसद् बैठक अवरुद्ध

१३ असार २०८०, बुधबार १४:१४

काठमाण्डौ, १३ असार– कर्णाली प्रदेशमा प्रमुख प्रतिपक्ष दल एमालेका संसदहरुले प्रदेश सभाको बैठक अवरुद्ध गरेको छन । आज बुधबार बसेको प्रदेशसभाको १६ औँ बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल गर्ने कार्यतालिका रहेको थियो ।

तर, सदन सुरु भएलगत्तै एमाले प्रमुख सचेतक टेकराज पछाईले ‘बजेट पैत्रिक सम्पत्ति’ बाँडे जसरी बाँडिएको र यसबाट प्रदेशको विकास र परिवर्तन सम्भवन नहुने बताएका छन ।

साथै उनले बजेटमा पुर्ण रुपमा बिचौलिया प्रवेश गरेको पनि बताएका छन । साथै उनले बजेट निर्माणमा योजना आयोगबाट नै बार्गेनिङ भएको र आयोगले बजेट निर्माणमा दबाब दिने कर्मचारीलाई कारबाही गरेपनि नाम गोप्य राखेको भन्दै त्यसको बिरोध गरेका छन ।

स्वंयम अर्थमन्त्रीले नै बजेट निर्माणमा दबाब आएको कुरा सार्वजनिक गरेपछि एमालेले सोही विषयलाई हतियार बनाएको हो ।

लगत्तै एमालेले कार्यसूचीमै प्रवेश गर्न नदिएर सदन अवरोध गरेको थियो । सभामुख नन्दा गुरुङले पटक–पटक सभा सञ्चालनमा समेत सहयोग गर्न आग्रह गर्दा पनि नमानेपछि आधा घण्टाका लागि बैठक स्थगित गरेका छन ।