काठमाण्डौ, १३ असार– जनमत पार्टीले आर्थिक वर्ष २०८०र०८१ को बजेटको विपक्षमा मतदान गर्ने भएको छ । संसदमा छलफलमा रहेको आर्थिक वर्ष २०८०र०८१ को बजेटलाई समर्थन नगर्ने निर्णय गरेको छ ।
जनमत पार्टी संसदीय दलका अध्यक्ष डा. सिके राउतको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको छ । जनमत पार्टीका अध्यक्ष राउतले गरिबमारा, मधेस विरोधी, जनतामारा, असमान बजेटलाई समर्थन नगर्ने नसकिने निर्णय गरेको बताएको छ ।
देशकै अर्थतन्त्र धराशायी भइराखेको बेलामा कार्यकर्ता पोस्न ल्याइएको असमान बजेट संशोधनबिना कुनै पनि हालतमा स्वीकार्य गर्न नसकिने बताउँदै जनमत पार्टी मन्त्री पदकै लोभमा अरू पार्टीले जस्तो जनमतले समर्थन दिन नसने उनले बताएका छन ।
यो संसद्को गरिमाको लागि पनि अपरिहार्य रहेको बताउँदै उनले डेढ महिना बजेटमाथि बहस गर्ने तर अन्तिममा आएर त्यही बजेटलाई संशोधनबिना समर्थन गरिदिने यो संसदीय अभ्यासको पनि आफ्नो पार्टीले विरोध गरेको बताएका छन ।
उनले भने, ‘संसद्मा आफूले बोलेको कुरामा ५–६ जना सांसदले मात्र अडान लिएर बसेको भए यो बजेट पारित हुने थिएन ’ तर बोल्ने बेलामा एउटा अनि लोभलालचमा परी त्यही बजेटलाई समर्थन गरिदिने परिपाटी रहेको छ ।’
