काठमाण्डौ, १३ असार– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको राजनीतिक व्यवस्थाप्रति जनतामा विश्वास जगाउन सक्नुलाई आफ्नो महत्त्वपूर्ण उपलब्धिको रूपमा लिएको बताएका छन ।
आज (बुधवार) बसेको प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमाथि सांसदहरूको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले हुन ।
उनले आफूले प्रधानमन्त्रीको नेतृत्व लिँदै गर्दा जनतामा व्यवस्था र सरकारप्रति निराशा, असन्तोष र आवेग रहेको बताउँदै त्यसमा सुधार भएको बताएका छन ।
उनले भने, ‘जनतामा राज्यप्रति र सरकारप्रतिको भरोसामा जुन अभिवृद्धि भएको छ, यसबीचको सबैभन्दा ठुलो उपलब्धि मानेको छु ।
हाई प्रोफाइल व्यक्तिहरू कानुनभन्दा माथि छन् भन्ने मनोवृत्ति बनिरहेको थियो । त्यसले जनतामा ठुलो आक्रोश जन्माइरहेको पनि थियो ।
त्यो असन्तोषले लोकतन्त्रप्रति नै नकारात्मक धारणा बनिरहेको थियो । नक्कली शरणार्थी प्रकरणमा सरकारले गरेको इतिहासकै ठुलो अनुसन्धान र कारबाहीपछि जनतामा विश्वास जाग्न सुरु भएको छ ।’
उनले भुटानी शरणार्थी प्रकरणको अनुसन्धानबाट सरकारले कानुनी शासनको सर्वोच्चता मात्र नभई लोकतन्त्रको सर्वोच्चको पनि स्थापित गरेको बताएका छन ।
उनले देशको उच्चपदस्थ एउटा वर्ग कानुनभन्दा माथि छ भन्ने निराशावादी मान्यता गलत हुँदै गरेको बताएका छन ।
