एकीकृत समाजवादीले बजेटको पक्षमा मतदान गर्ने

१३ असार २०८०, बुधबार १२:३०

काठमाण्डौ, १३ असार– नेकपा एकीकृत समाजवादीले बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । आज (बुधबार) बिहान बसेकोएकीकृत समाजवादीको संसदीय दलको बैठकले बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको सांसद किसान श्रेष्ठले जानकारी दिएका छन ।

उनले भने, ‘बजेटको पक्षमा मतदान गर्ने निर्णय भयो र त्यसका लागि दलका नेताले हिवप जारी गर्नुभएको छ’ । यसअघि सो पार्टीका नेताहरुले बजेट असन्तुलित आएको भन्दै शंशोधन नगरे बजेटको विपक्षमा मतदान गर्ने बताएका थिए ।

यसअघि सत्तारुढ कांग्रेस र नेकपा माओवादी केन्द्रले पनि आफ्ना सांसदलाई बजेटकोपक्षमा मतदान गर्न ह्विप जारी गरिसकेका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा बजेटबारे प्रधानमन्त्री मातहतका मन्त्रालयको जवाफपछि आर्थिक बर्ष २०८०–०८१ का लागि विनियोजित बजेट परित गरियोस् भन्ने प्रस्ताव पेश हुने भएको छ ।