काठमाडौँ, १३ असार – नेकपा एमालेका सांसद योगेश भट्टराईले पूर्वी पहाडी जिल्लामा बाढी पहिरोका कारण मानवीय संकट उत्पन्न भएको बताएका छन्।
सांसद भट्टराईले बुधवार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै सरकारको ध्यानाकर्षण गराउदै ताप्लेजुङ जिल्लामा ६ जना, पाँचथरमा ६ जना र संखुवासभामा २४ जना गरी ३६ जनाको मृत्यु भएको बताएका हुन् । उनले उक्त क्षेत्रमा तत्काल उद्धारका लागि प्रधानमन्त्रीलाई आग्रह गर्दै सम्बन्धित निकायलाई निर्देशन दिनपनि ढिलाई भएको बताए ।
सांसद भट्टराईले ताप्लेजुङ जाने ३ वटा पक्की पुल भत्काएकोले सडक सञ्जाल बिच्छेद भएकोले ठूलो मानवीय संकट उत्पन्न भएको बताए । खाद्य संकट, औषधी लगायतका सामग्रीको संकट भएकोले सरकारको ध्यानाकषर्ण गराए । ती ठाउँमा हवाई माध्यमबाट भएपनि खाद्यवस्तु र औषधीको व्यवस्था गर्न समेत उनले आग्रह गरे । झन्डै १ दजर्न पुलमा क्षति पुगेकोले मर्मत गराउनका लागि पनि ध्यानाकर्षण गराए।
