१२ असार, काठमाडौं । बानेश्वरस्थित मदन भण्डारी मेमोरियल कलेजले आफ्नो २२ औं वार्षिकोत्सवको अवसर पारेर निः शुल्क स्वास्थय शिविरको आयोजना गरेको छ ।
लायन्स कल्ब अफ काठमाडौंको सहकार्यमा मदन भण्डारी मेमोरियल कलेजले मगंलबार कलेज परिसरमा स्वास्थ्य शिविर आयोजना गरेको हो ।
सामुदायिक स्तरमा आयोजना गरिएको उक्त शिवरमा झण्डै ४ सय बढिले लाभ लिएका छन् । कलेज वार्षिकोत्सवको अवसरमा निःशुल्क आँखा परिक्षण, दाँत परिक्षण, मधुमेह जाँच र रक्तदान कार्यक्रमसमेत गरेर चार शिविर सम्पन्न गरिएको हो ।
शिविरमा १ सय ८० जनाले आखाँ सम्बन्धि जाँचको लाभ लिए भने १ सय ४० जना दाँतका बिरामी र २५ जना मधुमेहका बिरामीले लाभ लिएका छन् । त्यस्तै रक्तदान कार्यक्रममा कलेज परिसरकै विद्यार्थी, कर्मचारी र आगन्तुकलेसमेत रक्तदान गरेका थिए । रक्तदान कार्यक्रममा ४० जना बढि सहभागी भएका हुन् ।
विहान ९ बजेदेखि शुरु भएको पनि शिविर दिउँसोको २ बजेसम्म संचालन भएको हो। मंलबार सञ्चालित स्वास्थ्य शिविरमा काठमाडौं महानगर वडा नम्बर १० र २९ का स्थानीयले लाभ लिएका छन् ।
कलेजका विद्यार्थी र कर्मचारी सगै विनायकनगर, थापागाउँ, अनामनगर, बुद्धनगर, संखमुल लगायत बानेश्वर क्षेत्रका नागरिकले शिविरबाट लाभ लिएका छन् ।
त्यस्तै असार १४ गतेको दिन कलेजले आफ्नो २२ औं वार्षिकोत्सव काठमाडौं प्रर्दशनी मार्गस्थित राष्ट्रिय सभागृहमा आयोजना गर्ने भएको छ ।
कलेजको वार्षिकोत्सवको अवसरमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिको रुपमा आउने तय भएको कलेजका सहायक प्रमूख कमल न्यौपानेले जानकारी दिएका छन ।
साथै सोही अवसरमा त्रिभुवन विश्वविद्यालयका रजिष्टार, मदन भण्डारी फाउण्डेशनका पदाधिकारी, कलेज व्यवस्थापन समितिका पदाधिकारी लगायतको पनि उपस्थिति हुने सहायक प्रमूख न्यौपानेले बताएका छन ।
सामुदायिक कलेज मदन भण्डारी मेमोरियल कलेजले हरेक वर्ष आफ्नो वार्षिकोत्सवका अवसर परेर स्वास्थ्य शिविर लगायत, वातावरण सरसफाई अभियान विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।
























