वर्षा लागेसँगै दाङका किसानहरूलाई भ्याइनभ्याइ भइरहेको छ। उनीहरूका लागि यो मानो खाएर मुरी उब्जनी गर्ने समय हो।
यो उब्जाउनको लागी यो समयमा उनीहरूको मेहनतले मात्र हुँदैन। रासायनिक मलबिना उत्पादन कम हुने वा हुँदै नहुनेसम्म भइसक्यो। त्यही मल लिन किसानहरु दिनभर बस्नुरेको छ ।
त्यसैले उनीहरू खेतबारीको कामको चटारो बिसाएर मल वितरण हुने ठाउँ पुग्नुपरेको छ। वितरण केन्द्रले एक किसान बराबर पाँच किलो मात्र मल दिन्छ। यतिका लागि दिनभर चर्को घाममा सास्ती खेप्नुपर्छ।
किसानहरूले मल वितरण प्रणालफ व्यवस्थित नभएको र पहुँचका भरमा दिएको गुनासो गरेका छन्।
मल पाउन पनि भनसुन गर्नुपर्ने अवस्था आइसक्यो। यस्तो हो भने राज्यको उपस्थिति कहाँ छ ?, मल वितरणको जिम्मा पाएको कृषि सामग्री संस्था पुगेका एक किसानले भने, यहाँ आवश्यकताका आधारमा भन्दा पनि पहुँच हुनेले सहजै मल पाइरहेका छन्।
सबैजसो कृषि सामग्री संस्थामा भिड र गुनासो सुनिन्छ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ स्थित त्रिशिद्धेश्वरी कृषि सहकारी संस्था लिमिटेडमा भेटिएका बुझाउना थारूले पहुँच हुनेलाई धेरै र अरूलाई थोरै मल दिएर अन्याय गरेको आरोप लगाए।
यहाँ मल वितरणका निम्ति एक घरलाई एक कार्डको व्यवस्था गरिएको छ। तर पहुँच भएका एउटै घरकाले दुई(तीनवटा कार्ड बनाएको बुझाउनाको आरोप छ।
मेरो परिवार सबैको गरी १९ कट्ठा जमिन छ। यति थोरै मल लगेर के गर्नु, उनले भने।
अर्की किसान रामकुमारी चौधरीको पनि यस्तै गुनासो छ।
दिनभर काम छाडेर आउँदा एक छेउ खेतमा हाल्न नपुग्ने मल दिन्छन्, उनले भनिन्, नलैजाऊ भने दिनभरको महेनत, लगौं भने हात्तीको मुखमा जिरा जस्तो हुन्छ।ु
