ललिता निवास प्रकरणमा पक्राउ पर्नेको संख्या ६ पुग्यो

१२ असार २०८०, मंगलवार १४:२६

काठमाण्डौ,१२ असार– ललिता निवास प्रकरणमा पक्राउ पर्नेको संख्या ६ पुगेको छ ।

डिल्लीबजार मालपोतका तत्कालीन खरदार गोपाल कार्की पक्राउ परेसँगै मंगलबार पक्राउ पर्नेको संख्या ६ पुगेको एआईजी किरण बर्जाचार्यले जानकारी दिएका छन ।

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, हुपेन्द्रमाणि केसी र धर्मप्रसाद गौतमलाई यसअघि केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी को टोलीले पक्राउ गरेको थियो ।