मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

१२ असार २०८०, मंगलवार १३:४०

कञ्चनपुर,१२ असार– कञ्चनपुरको पुनरबास नगरपालिकामा आज बिहान टिपरले मोटरसाइकललाई ठक्कर दिदाँ एक जनाको मुत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानीय ६२ वर्षीय मोतिलाल राना रहेका छन ।

पुनरबास नगरपालिका–५ सिमरीमा धनगढीतर्फ गइरहेको सु प प्र०१–००१ क २२०० नम्बरको टिपरले विपरीत दिशाबाट आइरहेको से४प २२७१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रानाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिएका छन ।

टिपरसँग ठोक्किएर गम्भीर घाइते रानाको उपचारका क्रममा धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ । टिपर चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।