२५० मिटर लामो लाइन लागेर नागरिकता लिनुपर्ने बाध्यता (तस्बिरहरू)

१२ असार २०८०, मंगलवार १३:१५

मोरङ, १२ असार– जिल्ला प्रशासन कार्यालय मोरङमा नागरिकता लिनेहरूको लामो लाइन लाग्नु परेको छ । जन्मसिद्ध नागरिकता पाएकाहरूका सन्तान मोरङमा अनुमानित ७० हजार जना छन् ।

नागरिकता लिनको लागि बिहान साढे ३ बजेदेखि नै लाईनमा बसेको उनीहरू बताउछन् । जिल्ला प्रशासन कार्यालयको गेटबाट झन्डै २५० मिटर लामो लाइनमा बस्नुपर्ने बाध्यता छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले भने जन्मसिद्धका सन्तानका लागि नागरिकता वितरण गर्न छुट्टै कोठाको व्यवस्था गरेको छ । जिप्रका मोरङले हिजो मात्रै १२८ जना जन्मसिद्धका छोराछोरीलाई नागरिकता दिएको थियो। आज सो सङ्ख्या बढ्नसक्ने कार्यालयले जनाएको छ ।

वितरण गर्न नसकेका र लाइनमा बसेकाहरूलाई टोकन वितरण गरेर नागरिकता वितरण गर्ने नियम रहेको कार्यालयले जनाएको छ ।