काठमाडौं, १२ असार – लोकप्रिय गायक प्रकाश सपूतले रोमानिया स्टेजमा गीत गाउदै गर्दा बियरको बोतल हान्ने सुमन गुरुङलाई माफी दिएका छन् । उनको करिअर नबिग्रियोस भनेर प्रकाशले सुमनलाई माफी दिएका हुन् ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा प्रकाशसँग सुमनले माफी माग्दै गरेका छन् । गायक प्रकाशले आफूलाई ठूलो चोट नलागे पनि आफ्नो सांगीतिक करिअरकै यो पहिलो घटना भएको बताएका छन् ।
प्रकाशले सुमनलाई माफी दिएको आयोकले बताएको छ । “हामीले त यस्ता घटना पुनः दोहोरिनु हुँदैन भनेर सजाय दिनुपर्छ भनेको थियौँ । तर, प्रकाशजीले सजाय दिन मान्नु भएन,” आयोजक नरेश गिरीले भने, “प्रकाशजीको आग्रहपछि मैले अध्यागमनमा दिएको मुद्दा पनि फिर्ता लिएँ ।”
रोमानियामा आइतबार राति भएको याद म्युजिक फेस्टिभलमा राति ९ बजे प्रकाशमाथि तेह्रथुमका सुमनले बियरको बोत्तल प्रहार गरेका थिए ।
