काठमाण्डौ,११ असार–नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सत्ता गठबन्धनले पाँच वर्षसम्मनै निरन्तत पाउने दाबी गरेका छन ।
आज (सोमबार) धादिङको गजुरीमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएक हुन । उनले सत्तारुढ गठबन्धनका नेताहरु र प्रतिपक्षी दलसँग पनि भएको कुराकानीका आधारमा आफू गठबन्धन ५ वर्षसम्म टिक्के कुरामा विश्वस्त रहेको बताएका छन ।
उनले भने, ‘अहिले कता कता यो सरकारको आयु कति भन्ने पनि, मिडियामा हुने नहुने तपाईहरुले हेर्नुभएको होला, सुन्नुभएको होला’ लगातार गठबन्धनमा भएको बैठक र प्रतिपक्षसँग पनि भएको बैठकका आधारमा पनि म के भन्न सक्छु भने पाँच वर्ष यो गठबन्धन केही हुनेवाला छैन ।’
प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमण ऐतिहासिक नै भएको बताएका छन । उनले भने, ‘१० वर्षमा १० हजार मेगावाट विजुली किन्ने सहमति, भारत बंगलादेश र नेपालबीच विद्युत व्यापार गर्ने सहमति, सीमा समस्या समाधान गर्ने नरेन्द्र मोदीजीको कमिटमेन्ट र अन्य थुप्रै विकास परियोजनाहरु महत्वपूर्ण भएका छन्, मलाई गर्व छ’, ।
उनले नेपालमा धेरै राम्रो भएको नरुचाउने र नकारात्मक मानसिकता रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले आफूले मानिसहरुले के भन्छन् भन्ने विषयमा ध्यान दिनै छाडेको बताएका छन ।
