काठमाण्डौ, १० असार– गायिका रचना रिमाल र सागर जोशीको स्वरमा ‘बाडुल्की’ गीत सार्वजनिक भएको छ । गीतमा हिमांशु रायमाजी (गोधुली)को शब्द र कृष्ण पाण्डे (कृषा)को संगीत रहेका छ ।
गीतलाई रुबिन मगरले एरेन्ज गरेका छन । बाडुल्की लाग्दा मन परेको मान्छेले सम्झिएको भाव व्यक्त गर्ने गीतको भिडियोमा विकास सुवेदी र समारिका ढकाल फिचर्ड छन् ।
विकासको यो डेब्यु म्युजिक भिडियो हो । उत्तम श्रेष्ठ शिशिरले निर्देशन गरेको भिडियोलाई मुकेश हुमागाईंले खिचेका हुन् भने विनोद बमले सम्पादन गरेका छन् ।
गीतमा राहुल बराइलीको कोरियोग्राफी छ । गायक सागर जोशीले गीत संगितको माध्यम बाट आफ्नो परिचय फराकिलो बनाएका छन् ।
लामो समय देखी दन्त चिकित्सा क्षेत्रमा आबद्ध रहेका गायक जोशीको गीतले राम्रो प्रतिकयिा पाइरहेको छ । पछिल्लो समयकी चर्चित गायिका रचना रिमाल सँगको यो गीत कर्ण प्रिय छ यो गीत सँगै सागरले नेपाली सुगम संगीतमा राम्रो सम्भावना देखाएका छन ।
