उपराष्ट्रपति पद आवश्यक छैन: मनिष झा

१० असार २०८०, आईतवार १५:१९

काठमाण्डौ, १० असार– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद मनिष झाले उपराष्ट्रपतिको पद आवश्यक नरहेको बताएका छन ।

आज आइतबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद झाले यस्तो बताएका हुन । उनले देशमा उपराष्ट्रपतिको पद आवश्यक नभएको बताएका छन ।

उनले हालसम्म उपराष्ट्रपतिको पदले सम्झनलायक कुनै पनि काम गर्न नसकेको भन्दै उनले यसको औचित्य माथि नै प्रश्न गरेका छन ।

उनले उपराष्ट्रपतिले गर्ने काम राष्ट्रिय सभा अध्यक्षले नै गर्न सक्ने व्यवस्था गर्नुपर्ने बताएका छन । उनले कर र खर्च कटौतीका लागि अनावश्यक पद राखिरहन नहुने बताएका छन ।

उनले भने, ‘यो पदले सम्झिन लायक कुनै पाँचवटा कुरा हामी सम्झिन सक्छौँ ?’ प्रश्न गर्दै उनले भने, ‘त्यसैले हामीले सोच्नुपर्छ । हामी यो पदको परिकल्पना गर्दैनौँ । हामी यो पद आवश्यक छैन भन्छौँ । र राष्ट्रिय सभाको अध्यक्षले नै यसको काम गर्नसक्छ भन्छौँ ।’