नक्कली शरणार्थी प्रकरणको अनुसन्धान खुला छ: गृहमन्त्री श्रेष्ठ

१० असार २०८०, आईतवार १४:२६


काठमाण्डौ, १० असार– उपप्रधानन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले तथ्य र प्रमाणका आधारमा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी नाएर अमेरिका पठाउने कार्यमा थप कामकारबाहीको प्रक्रिया अगाडी बढ्ने बताएका छन ।

आज (आइतबार) बसेको प्रतिनिधिको सभाको बैठकमा बजेटमाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रमम मन्त्री श्रेष्ठले यस्तो बताएका हुन ।

उनले भने, ‘अनुसन्धानले केही पात्रहरुलाई अभियोजनको प्रक्रियामा अदालतमा अगाडि बढाइएको छ । पुर्पक्षमा थुनामा छन् र केही अनुसन्धानको प्रक्रिया अगाडि बढिरहेको र अनुसन्धानको तथ्य र प्रमाणका आधारमा थप कामकारबाही अगाडि बढ्ने पनि प्रष्ट नै छ’ ।

यसअघि नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व मन्त्रीहरु सहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन काठमाण्डौं जिल्ला अदालतले आदेश दिइसकेको छ ।

पहिलो चरणको अनुसन्धान पूर्ण नभएको भन्दै जिल्ला सरकारी वकिलको कार्यालयले दोस्रो चरणको अनुसन्धानका लागि प्रहरीलाई निर्देश गरेको छ ।

दोस्रो चरणको अनुसन्धानपश्चात तथ्य र प्रमाणका आधारमा थप कामकारबाही हुने गृहमन्त्री श्रेष्ठले बताएका छन ।

गृहमन्त्री श्रेष्ठले भने, ‘नेपाली नागरिकलाई अनागरिक बनाएर अर्काको देशमा शरणार्थीको रुपमा पठाउने र सम्पति आर्जन गर्ने जुन प्रवृतिले काम गरिरहृयो त्यसको अनुसन्धान गर्दै त्यसमा संलग्न व्यक्तिलाई कानुनको दायरामा ल्याउने कुरा ।

ठगी, संगठत अपराध, राज्यद्रोश र किर्तेका विरुद्ध ठोस कदमहरु अगाडि बढाइएको छ ।’