बारा, ८ असार– पर्सा राष्ट्रिय निकुञ्जभित्र वन्यजन्तुहरूका लागि पानीको समस्या परेको छ । लगातारको सुख्खा मौसमका कारण निकुञ्ज भित्र रहेका अधिकांश पानीका स्रोतहरू सुकेपछि वन्यजन्तुहरूलाई पानीको हाहाकार भएको हो ।
घाँसे मैदान र आहारा प्रजातिको वन्यजन्तुहरूको सङ्ख्या बढ्दै जाँदा निकुञ्जले वन्यजन्तुहरूका लागि पछिल्लो २ सातादेखि ट्यांकरमा पानी ओसारेर पोखरीहरूमा राख्दै पानी खुवाइएको छ । निकुञ्जभित्र प्राकृतिक तथा मानव निर्मित गरी ६ दर्जन बढी पोखरीहरू छन् । तर, अहिले सिमसार क्षेत्रमा रहेका बाहेकका पोखरीहरू सुकेको निकुञ्जले जनाएको छ ।
सामान्यतया बर्सेनि पुसदेखि वैशाखसम्म निकुञ्जभित्र पानीको अभाव हुन्छ । तर,यस वर्ष लगातारको सुख्खा मौसम, वन डढेलो र असार पहिलो साता वितिसकदासम्म वर्षा नहुँदा समस्या देखिएको हो । ‘यो वर्ष हामीलाई पानीको धेरै हाहाकार भइरहेको छ, विगतका वर्षहरूमा वैशाखसम्म समस्या हुन्थ्यो अहिले असारसम्म ट्ंयाकरबाट पानी ओसारेर वन्यजन्तुले पानी खाने पोखरीहरूमा पुर्याईरहेका छौ’ प्रमुख संरक्षण अधिकृत अशोक रामले भने ।
‘
